०३ असार,काठमाडाैं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन् ।
नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको बजेटसम्बन्धी छलफलमा उनले यी विमानस्थल पूर्ण रूपमा सञ्चालनमा ल्याउन भारत र चीनसँग कुटनीतिक पहल भइरहेको बताएका हुन् । उनले परराष्ट्रमन्त्री शिशिर खनालको भारत र चीन भ्रमणमा समेत विमानस्थल सञ्चालन, हवाई मार्ग विस्तार, कनेक्टिभिटी र व्यवस्थापनका विषय प्रमुख एजेण्डाका रूपमा उठाएको बताए । उनले भने,‘भैरहवाको एयरपोर्ट संचालनको ल्याउन लागेको लागेकै छौँ । हामीलाई चासो छैन होला ? त्यो पोखरा, भैरहवाको ऋण तिर्ने हामी, त्यो ऋणको फाइल सदर गर्ने त मै हुन्छु, यति किस्ता तिर्नुपर्ने भनेर हरेक दिन । त्यसैले जतिसक्दो छिटो दुबै विमाणस्थल संचालनको लागी लागी परेका छोँ । परराष्ट्रमन्त्रीजी भारत जानुभयो, चीनबाट अब आज फर्कदै हुनुहुन्छ । मुख्य एजेण्डा मध्ये यो पनि छ । कसरी यी एयरपोर्टहरूलाई सुचारु गर्ने ? एयर रुट्स, कनेक्टिभिटी, एयरपोर्ट म्यानेजमेन्टका कुराहरूमा हाम्रो एकदमै प्राथमिकतामा छ । जलस्रोत, हवाई उड्डयन, सडक निर्माण लगायतका विषयहरूमा नै हाम्रो अहिले कूटनीतिक इकोनोमिक डिप्लोमेसी चलिराखेको छ । हाम्रो पार्टीका सभापति जानुभयो, परराष्ट्रमन्त्री जानुभयो, केही समय पछि म आफैँ जाउँला । कसैले आँट्नै नसकेका, आँखा जुधाएर नेगोसियट गर्नै नसकेका विषयहरू पनि हामीले उठाइराखेका छौँ ।’
उनले विगतमा उठाउनै नसेकका र समाधान नभएका विषयहरूमा समेत सरकारले सक्रिय रूपमा वार्ता र पहल गरिरहेको दाबी गरेका छन् ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar