|  

अमेरिका-इरान युद्ध रोक्ने समझदारीमा डिजिटल हस्ताक्षर

४ असार, काठमाडौं ।  अमेरिका र इरानबीच जारी युद्ध अन्त्य गर्ने उद्देश्यका साथ दुवै देशले एक ऐतिहासिक समझदारी पत्र (एमओयू) मा हस्ताक्षर गरेका छन् ।

इरानको विदेश मन्त्रालय र अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले संयुक्त रूपमा यसको पुष्टि गरेका हुन् ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानी राष्ट्रपति मसूद पेजेस्कियानले यस समझदारी पत्रमा डिजिटल माध्यमबाट हस्ताक्षर गरेका हुन् ।

यो समझदारीसँगै अमेरिका र इस्रायलले इरानविरुद्ध गरिरहेको युद्ध औपचारिक रूपमा रोकिने विश्वास गरिएको छ ।

दस्तावेजमा डिजिटल हस्ताक्षर भइसकेका कारण स्विट्जरल्यान्डको जेनेभामा आगामी शुक्रबार हुने भनिएको वार्तामा दुवै पक्षका प्रतिनिधि सहभागी भए पनि कुनै भौतिक हस्ताक्षर समारोह भने आयोजना नहुने इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले जानकारी दिएका छन् ।