|  

नेपालमा तीन मौसमी वायुको प्रभावः कस्तो रहला आजको मौसम ? 

४ असार, काठमाडौं ।  हाल नेपालमा पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसको असरले कोशी, मधेस, बागमती, गण्डकी लगायतका पहाडी तथा हिमाली क्षेत्रमा बादल लागेको छ।आज दिउँसो कोशी प्रदेशका केही तथा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका एक / दुई स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ।

कोशी र मधेसका तराई क्षेत्रमा पनि हल्का देखि मध्यम वर्षा हुन सक्छ। लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा तातो दिन रहने सम्भावना छ।

आज राति कोशी प्रदेशमा सामान्यदेखि बढी बदली रहनेछ भने अन्य क्षेत्रमा आंशिक बदली वा मौसम सफा रहनेछ । कोशीका केही तथा बागमती र गण्डकीका एक / दुई पहाडी क्षेत्रमा चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ।