|  

मन्जुरीविना बिहे गराइदिएको आरोपमा एक जना पक्राउ

४ असार, काठमाडौं । सप्तरीमा मन्जुरीविना बिहे गराइदिएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुरुङ्गा नगरपालिका–९ बस्ने मनोज कुमार ठाकुर रहेका छन् । ठाकुरले २०८२ साउन ३१ गते सुरुङ्गा नगरपालिका वडा नम्बर १० बस्ने नागेन्द्र यादवको इच्छा तथा मन्जुरी विपरीत सोही वडा बस्ने २२ वर्षीया एक किशोरीसँग जबर्जस्ती बिहे गराइदिएको आरोप छ ।

उनीहरुको बिहे वडा नम्बर ९ स्थित केशव स्मारक जनता माध्यमिक विद्यालय टिकुलीयाको प्राङ्गणमा रहेको सरस्वती मन्दिरमा भएको थियो ।

पछि नागेन्द्रले आफ्नो मन्जुरी नहुँदानहुँदै कुटपिट गरी जबर्जस्ती बिहे गराइएको भन्दै ठाकुरविरुद्ध जाहेरी दिएका थिए ।