|  

इरान-अमेरिका द्वन्द्वपछि युएईका एयरलाइन्सले घोषणा गरे विस्तारित यात्रा बीमा योजना

४ असार, काठमाडौं । मध्यपूर्वमा जारी द्वन्द्वका कारण हवाई यात्रा प्रभावित भइरहेका बेला युएईका प्रमुख एयरलाइन्सहरूले यात्रु आकर्षित गर्न नयाँ सुविधा घोषणा गरेका छन् ।

एमिरेट्स एयरलाइन्सले विस्तारित यात्रा बीमा योजना ल्याएको छ, जसमा चिकित्सा कभरेज, यात्रा रद्द वा ढिलाइ, सामान हराउने तथा आपतकालीन उद्धारजस्ता सुविधा समावेश छन्।

त्यसैगरी, अबुधाबीस्थित इतिहाद एयरवेजले जुलाईदेखि डिसेम्बरसम्म युएई भ्रमण गर्ने अन्तर्राष्ट्रिय यात्रुका लागि निःशुल्क चिकित्सा सेवा उपलब्ध गराउने जनाएको छ।

विश्लेषकहरूका अनुसार इरानसँग सम्बन्धित तनावका कारण मध्यपूर्वको हवाई यातायात र पर्यटन क्षेत्रमा असर परेको छ।