|  

रास्वपाको सचिवालय बैठक सुरुः चितवन महाधिवेशन र विधान मस्यौदा मुख्य एजेन्डा

४ असार, काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालय बैठक सुरु भएको छ ।

पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको बैठकमा आगामी महाधिवेशनको तयारी र पार्टीको आन्तरिक नीतिबारे सघन छलफल भइरहेको छ । आजको बैठक मुख्य गरी यही असार ७ गतेदेखि चितवनमा हुन लागेको पार्टीको राष्ट्रिय महाधिवेशनको तयारीमा केन्द्रित रहेको छ ।

बैठकमा महाधिवेशनको व्यवस्थापकीय तयारी, प्रतिनिधि छनोट र कार्यतालिकाका विषयमा समीक्षा भइरहेको छ।

यसका साथै पार्टीको भावी दिशा तय गर्ने महत्त्वपूर्ण दस्तावेज मानिएको ‘विधान मस्यौदा’ माथि पनि सचिवालय बैठकमा विस्तृत छलफल हुने स्रोतले जनाएको छ।