|  

चम्पा अधिकारीले  छाड्नि राप्रपा

४ असार, काठमाडौं । राष्ट्रिय प्रजातान्त्रिक महिला सङ्गठनका केन्द्रीय सचिव चम्पा अधिकारीले पार्टी परित्याग गरेकी छन् ।

उनले पार्टीले मूल सिद्धान्त छोडेको भन्दै पार्टीको साधारण सदस्य समेत नरहनेगरी अलग भएको घोषणा गरेकी हुन् ।

बिहीबार सामाजिक सञ्जालमार्फत राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई पत्र लेख्दै उनले राप्रपाले बोकेका मूल एजेन्डाहरू ओझेलमा परेकाले आफूले पार्टी छाड्नु परेको बताएकी छन् ।