४ असार, काठमाडौं । भारतले सहमति नदिएपछि यही सिजनदेखि बंगलादेशमा थप २० मेगावाट विद्युत् निर्यात गर्ने योजना तत्काललाई रोकिएको छ ।
नेपाल विद्युत् प्राधिकरणले बंगलादेशमा नियमित रूपमा ४० मेगावाट नै विद्युत् निर्यात गर्न भने सुरु गरेको छ । प्राधिकरणले सोमबारदेखि भारतीय प्रसारणलाइन हुँदै बंगलादेशमा विद्युत् निर्यात गर्न सुरु गरेको हो । भारतको सहमति नआएका कारण थप २० मेगावाट विद्युत् निर्यात गर्न नसकिएको प्राधिकरणले जनाएको छ ।
भारतीय प्रसारणलाइन प्रयोग हुने भएका कारण यसमा भारतको सहमति अनिवार्य छ । प्राधिकरणले ३० कात्तिक ०८१ देखि बंगलादेशमा विद्युत् निर्यात गर्न सुरु गरेको हो । हरेक वर्ष १ असारदेखि ३० कात्तिकसम्म ४० मेगावाट विद्युत् बंगलादेशलाई बिक्री गर्ने सम्झौता गरिएको छ ।
सोही मोडेलमा थप २० मेगावाट विद्युत् निर्यात गर्ने सहमति गत मंसिरमा बंगलादेशमा सम्पन्न नेपाल–बंगलादेश ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको सातौँ बैठकमा भएको थियो ।
यो सिजनबाट यसलाई कार्यान्वयन गर्ने सहमति पनि थियो । तर, भारतले आफ्नो प्रसारणलाइनको क्षमताले नपुग्ने भन्दै २० मेगावाट विद्युत् थप गर्न मानेन ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar