|  

सम्झौतापछि पनि इरानको अडानः ‘हर्मुजमा युद्धअघिको अवस्थामा फर्किँदैन, शुल्क असुल्छौं’

४ असार, काठमाडौं । इरानी संसद्का सभामुख मोहम्मद बगर गालिबाफले अमेरिकासँग भएको सम्झौताविपरीत होर्मुज स्ट्रेटबाट शुल्क असुल गरिने बताएका छन् ।

सभामुख गालिबाफले सरकारी टेलिभिजनलाई दिएको अन्तर्वार्तामा होर्मुज स्ट्रेट युद्धभन्दा अगाडिको स्थितिमा फिर्ता नहुने बताएका हुन् ।

‘होर्मुज स्ट्रेट युद्धअघिको अवस्थामा फर्किँदैन,’ उनले भनेका छन्, ‘इरानलाई यस जलमार्गमाथि सार्वभौम अधिकार छ र त्यसका सेवाहरूका लागि शुल्क असुलिने छ ।’

तर, अमेरिका र इरानबीच भएको सम्झौतामा इरानले होर्मुज स्ट्रेटबाट आवतजावत हुने जहाजहरूबाट कर असुल नगरिने उल्लेख छ ।