|  

सप्तरीको दशगजा क्षेत्रमा प्रहरी टोलीमाथि तस्कर समूहको आक्रमण

४ असार, काठमाडौं । सप्तरीको बलान बिहुल गाउँपालिका–५ रामनगर कोदरकट्टीस्थित नेपाल–भारत सीमा क्षेत्रको दशगजा नजिक तस्कर समूहले प्रहरी टोलीमाथि आक्रमण गरेको छ।

बिहान करिब ४ बजे कपडा तस्करीको सूचना पाएर सीमा स्तम्भ नम्बर २४३ नजिक पुगेको रामनगर कोदरकट्टी प्रहरी चौकीको टोलीमाथि आक्रमण भएको हो।

घटनामा प्रहरी चौकीका इन्चार्ज असई रामकुमार यादव कुटिएका छन्। तस्करहरूले भारतीय नागरिकसमेत बोलाएर प्रहरीमाथि आक्रमण गरेको आरोप लागेको छ।