|  

नेतृत्व परिवर्तनको हल्ला पानीका फोका जस्तै हुन्ः आली 

४ असार, काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा नेतृत्व परिवर्तनको प्रश्नै नरहेको बताएका छन् ।

एमाले पार्टी जागरण अभियान कोशी प्रदेश स्तरीय अभिमुखीकरण कार्यक्रमलाई भर्चुअल सम्बोधन गर्दै अध्यक्ष ओलीले नेतृत्वका सन्दर्भमा बाहिर भएका हल्लाहरू पानीका फोकाजस्तै भएको बताए ।

‘नेतृत्वका सन्दर्भमा बाहिर जे हल्लाहरू चलिरहेका छन्, ती हल्ला पानीका फोका जस्तै हुन्,’उनले भने, ‘मलाई पार्टीको ११औं महाधिवेशनले देशमा सिर्जना भएका अफ्ठ्याराहरू, पार्टीका लागि आइपरेका अफ्ठ्याराहरूलाई पराजित गरेर आन्दोलनलाई पार लगाउन भनेर अध्यक्षको जिम्मेवारी दिएको हो । पार्टीलाई अध्यक्षको हैसियतमा हाँक्न महाधिवेशनले जिम्मेवारी दिएको हो । अफ्ठ्यारो परिस्थितिमा म पार्टी छाडेर हिँड्दिनँ ।’