|  

प्रधानमन्त्रीको तर्फबाट संसद्‍मा अर्थमन्त्रीले जवाफ दिने

४ असार, काठमाडौं । आगामी आर्थिक वर्ष २०८३ / ८४ को बजेटमाथि प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ प्रधानमन्त्री बालेन शाह को तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिने भएका छन्।

रक्षा मन्त्रालय प्रधानमन्त्री शाहकै जिम्मेवारीमा रहेकाले उक्त मन्त्रालयको बजेटमाथिको छलफलमा उठेका प्रश्नको जवाफ उनले नै दिनुपर्ने थियो । तर, प्रधानमन्त्री बालेनको तर्फबाट संसद्मा अर्थमन्त्री वाग्लेले जवाफ दिने भएका हुन् ।