०४ असार, काठमाडाैं । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले वर्तमान सरकारको मुख्य उद्देश्य सूचना प्रविधिको क्षेत्रको विकास गर्ने रहेको बताएका छन् ।
बिहीवार प्रतिनिधि सभा बैठकमा आफनो मन्त्रालयको विनियोजन शिर्षकमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले उक्त कुरा बताएका हुन् । मन्त्री पुनले एआई, आइटीको विकासमा बढि भन्दा बढी जोड दिएर त्यसलाई उपयोगमा ल्याउने कुरालाई प्रधानमन्त्री बालेन्द्र साहले पनि जोड दिएको उल्लेख गरे । उनले अनुसन्धान, रिसर्च, इनोभेशन भन्ने कुरा कागजमा लेखेर पेपरमा पबलिष्ट गर्ने विषयमात्रै नभएकाले सरकारले त्यसको उपयोगमा जोड दिने नीति लिएको पनि स्पष्ट पारे । मन्त्री पुनले भने,अहिलेको सरकारको मुख्य उद्देश्य अव यही छ-एआई, आईटीलाई कसरी बढी भन्दा बढि गरेर यसलाई अगाडि भन्ने छ सरकारको । त्यसैले प्रधानमन्त्रीज्युले यो आइटी सम्बन्धि सबै जिम्मेवार चाँही पहिला सञ्चार मन्त्रालयका थियो । अहिले त्यहाँबाट तानेर आफू मातहतमा राख्नु भएको छ । र, यो उहाँले मात्रै गर्ने होइन, हामी सबैले मिलेर गर्नुपर्ने हो । यो उहाँले राख्नु भएको कुरा यसमा पनि छ । अर्को उहाँले नवप्रवर्तन भएर कुनै कुरा निस्कन्छ भने त्यो चिज उद्योगहरुले उपभोग गर्न पाउनु पर्छ भन्ने उहाँको माग छ । कसैले नयाँ कुराहरुको आविष्कार ग¥यो, नवप्रवर्तन ग¥यो भने त्यो कुरा उद्योगहरुले उपयोग गर्न पाउनु प¥यो । गर्ने पनि त्यही नै हो । त्यो अनुसन्धान, रिसर्च, इनोभेशन भन्ने कुरा कागजमा लेखेर पेपरमा पबलिष्ट गरेको मात्रे होइन, त्यसको उपयोग उद्योगहरुले् नै गर्ने हो । त्यसका लागि हामीले जोड दिनु पर्दछ । अहिले त्यो कुरा जोड दिइएको नै छैन । त्यो कुरा उद्योगपतिहरुलाई पनि थाहा छैन ।’
मन्त्री पुनले आइटीको प्रयोग गरेर उद्योगहरुको प्रवद्र्धन हुन्छ भन्नेकुरा उद्योगीहरुलाई पनि थाहा नभएको दाबी समेत गरेका छन् ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar