०४ असार, काठमाडाैं । भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालले ठूला आयोजनाका लागि पर्याप्त बजेटको व्यवस्था रहेको बताएका छन् ।
बिहीवार प्रतिनिधि सभा बैठकमा आफनो मन्त्रालयको विनियोजन शीर्षकमाथि सांसदहरुले राखेका प्रश्नको जवाफ दिँदै उनले राजमार्गसहितका ठूल्ठूला आयोजनाको लागि आवश्यक बजेटको व्यवस्था गरिएको दाबी गरेका हुन् । त्यसअवसरमा उहाँले वहुवर्षीय आयोजनाहरुका लागि बजेटको अभाव नहुने कुरामा निर्धक्क हुन पनि सांसदहरुलाई आश्वास्त बनाउनु भयो । मन्त्री लम्सालले अर्थ मन्त्रालयमा अबण्डामा पनि बजेट रहेकाले आयोजनाहरुको लागि बजेटको अभाव नहुने पनि बताउनु भयो ।
उहाँले भन्नुभयो,‘ठूल्ठूला योजनाहरुलाई पनि थोरैथोरै बजेट भन्ने गुनासो छ । राजमार्ग भनेको छ । बजेट एक अर्व हालेको छ । त्यस्तो होइन । टेण्डर जान्छ । काम मोविलाईजेशन हुन्छ । काम गर्नु हुन्छ उहाँहरुले । एक अर्ब बजेट छ भन्दैमा एक अर्बको मात्रै टेन्डर खुल्ने होइन । बहुवर्षीय टेण्डर हुन्छ । जति पैसा लाग्छ, त्यो योजनालाई । त्यति पैसाको टेन्डर खुल्ने हो । त्यति पैसा बजेट कितावमा नदेखिएर हजुरहरुले त्यो प्रश्न गर्नु भएको हो । सबै धेरैजसो हाईवेहरु वहुवर्षिय नै हुन्छ । त्यसमा कमै पैसा देखिएपनि त्यो निर्माण सम्पन्न हुनका लगि जति पैसा चाहिने हो, त्यो पैसा छ । त्यसमा निर्धकक्क हुनुहोला ।’
मन्त्री लम्सालले कुनै जरुरी महत्वको आयोजना भए त्यसलाई अघि बढाउन सरकार तयार रहेको पनि बताउनु भयो ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar