०४ असार, काठमाडाैं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सरकारले विगतका सरकारहरुले भन्दा सडक सुरक्षामा धेरै गुणा बढी ध्यान दिएको बताएका छन् ।
सडक दुर्घटना रोक्न नसकेको भनि सरकारको आलोचना भईरहेका बेला मन्त्री लम्सालले यस्तो दाबी गरेका हुन्। बिहीवार प्रतिनिधि सभा बैठकमा आफनो मन्त्रालयको विनियोजन शीर्षकमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले सरकारले ४ वर्षे योजनासहित सडक सुरक्षाको कार्ययोजना तय गरेर लागू गर्न शुरु गरिसकेको बताए । मन्त्री लम्सालले आगामी ३ वर्ष भित्रमा जिल्ला सदरमुकाम जोडनै सबै एक लेनको सडकलाई २ लेनमा विस्तार गर्ने पनि बताए । उनले भने,‘आज भन्दा अघि जति सरकारहरु थियो, तिनीहरु भन्दा धेरै बढि सडक सुरक्षामा ध्यान दिएका छौ । अहिले हामीले ३ वर्षको सडक सुरक्षा योजना बनाएका छौँ । र यसमा भरपुर बजेट पनि राखिएको छ । हामीले रोड फर्निसिङमा ३ अव वर्षे कार्ययोजनासहित ४ अर्व ७४ करोड विनियोजन गरेका छौँ । अर्को हामीले जिल्ला जोडने एकलेनको सडक बनाउने भनेर ११ अर्व बजेट विनियोजन गरिएको छ । त्यो सडक चौडा गर्नका लागि मात्रै हो । यसले पुगेन भने हामीले बजेट पनि थप्छौ । तर आगामी ३ वर्ष भित्र हामीले एक लेनको सडकलाई २ लेन बनाएर सक्नेछौँ ।’
मन्त्री लम्सालले एक लेनको सडकमा धेरै दुर्घटना भएपछि सरकारले त्यसलाई दुई लेनमा रुपान्तरण गर्नका लागि बजेटको आवश्यक व्यवस्था मिलाएको पनि बताए । उनले सडकको स्तरोन्नतिका लागि बजेटको अभाव नहुने पनि बताएका छन् ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar