|  

मानव बेचबिखन आशंकामा २७ महिला विमानस्थलबाट फर्काइए, गिरोहबारे अनुसन्धान सुरु

०४ असार,काठमाडाैं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मानव बेचबिखनको आशंकामा २७ महिलालाई विदेश जानबाट रोकिएको छ।

मानव बेचबिखन गिरोहले विदेश लैजान लागेको भन्ने सूचनाका आधारमा विमानस्थल सुरक्षा प्रहरीले बुधबार उनीहरूको यात्रा रोकेको हो। त्यसपछि ती महिलालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको जिम्मा लगाइएको छ। अपराध अनुसन्धान कार्यालयका अनुसार प्रारम्भिक सोधपुछमा ती महिलालाई झुक्याएर ओमान जाने भन्दै भिजिट भिसामा कुवेत लैजान खोजिएको खुलेको छ। एसएसपी सन्तोष खड्काले ती महिलाहरू सम्भावित पीडित भएको भन्दै उनीहरूलाई फकाउने र लैजान खोज्ने गिरोहको पहिचान र संलग्न व्यक्तिहरूको खोजी भइरहेको जानकारी दिनुभयो।