|  

क्यानडाद्वारा कतार ६–० ले पराजित

५ असार, काठमाडौं । जोनाथन डेभिडको सानदार ह्याट्रिकको मद्दतले सह–आयोजक क्यानडाले विश्वकप फुटबलमा ऐतिहासिक जित दर्ता गरेको छ ।

बिहीबार राति भएको समूह ‘बी’ को एकपक्षीय खेलमा क्यानडाले कतारलाई ६–० को भारी अन्तरले पराजित गरेको हो । यो सानदार जितसँगै क्यानडाले २ खेलबाट ४ अङ्क जोड्दै नकआउट चरण मा पुग्ने सम्भावना बलियो बनाएको छ ।

पराजित कतार भने खेलको अन्तिममा ९ खेलाडीमा समेटिन पुगेको थियो । खेलमा क्यानडाले सुरुदेखि नै कतारमाथि पूर्ण दबाब बनाएको थियो । क्यानडाका लागि स्टार फरवार्ड डेभिडले उत्कृष्ट प्रदर्शन गर्दै ह्याट्रिक पूरा गरे ।

खेलको दोस्रो हाफमा कतारका दुई खेलाडीले रातो कार्ड पाउँदै मैदान छाड्नुपरेको थियो । खेलकै क्रममा क्यानडाका मुख्य खेलाडी इस्माएल कोने गम्भीर घाइते भएपछि दुवै टोलीका खेलाडी र स्टाफबीच केही समय विवाद र तनावको स्थिति सिर्जना भएको थियो ।