|  

दक्षिण कोरियालाई पराजित गर्दै मेक्सिको नकआउटमा

५ असार, काठमाडौं । मेक्सिको जारी विश्वकप फुटबलको नकआउट चरण (अन्तिम ३२) मा प्रवेश गर्ने पहिलो टोली बनेको छ ।

शुक्रबार बिहान भएको रोमाञ्चक खेलमा दक्षिण कोरियालाई १–० गोल अन्तरले पराजित गर्दै मेक्सिकोले अघिल्लो चरणको यात्रा तय गरेको हो ।

मेक्सिकोको जितमा दोस्रो हाफमा लुइस रोमोले गरेको एकमात्र गोल नै निर्णायक बन्यो ।