|  

कक्षा १२ को नतिजा सार्वजनिक, ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण

५ असार, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा–१२ को नतिजा सार्वजनिक गरेको छ । शुक्रबार  बोर्डले परीक्षाफल प्रकाशन गरेको हो ।

परीक्षा सञ्चालनको ३५ दिनमै रिजल्ट निकालिएको हो । बोर्डका अनुसार, सबै विषयमा ग्रेड प्राप्त परीक्षार्थीको कुल संख्या दुई लाख ६८ हजार १९० छ ।

कुल उत्तीर्ण (ग्रेड प्राप्त) प्रतिशत ६४.१३ रहेको बोर्डले जनाएको छ ।यस वर्ष परीक्षामा कुल चार लाख १८ हजार १७० विद्यार्थी सहभागी थिए ।