|  

अर्थमन्त्रीको सर्टिफिकेटमा होइन, करका दर हेरफेर भयो कि भएन भनेर प्रश्न गरेका हौँः शाही

५ असार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले अर्थमन्त्रीको सर्टिफिकेटमा प्रश्न उठाइएको नभइ करका दर हेरफेर भयो कि भएन भनेर प्रश्न उठाइएको बताएका छन्।

शुक्रबारको संसद बैठकमा बोल्दै उनले पढेलेखेकाले भ्रष्टार गर्दै भन्ने नहुने भन्दै सबैभन्दा धेरै देश बिगार्ने यस्तै जान्नेहरूले रहेको पनि बताए । उनले विद्युतीय गाडीमा कुनै गडबडी नभएको भए प्रधानमन्त्री कार्यालयले गाडी किन नियन्त्रणमा लिएको हो भन्दै प्रश्न गरेका थिए।

‘हामीले अर्थमन्त्रीको विश्वविद्यालयको सर्टिफिकेट माथि प्रश्न गरेका होइनौँ। हामीले भन्सारको दर हेरफेर भयो कि भएन भनेर , बजेटको सूचना चुहावट भयो कि भएन, राज्यलाई राजस्व चुहावट नोक्सानी पुर्‍याइयो कि पुर्‍याइएन भनेर प्रश्न उठाएका हौँ’, शाहीले भने ‘यदि केही पनि भएको थिएन भने विद्युतीय सवारीमा दुई हप्तासम्म प्रधानमन्त्री कार्यालयले भन्सारबाट आएको गाडी नियन्त्रणमा राख्न किन आवश्यक ठान्यो ? यो प्रश्न सत्तापक्षका माननीय सांसदहरूलाई मलाई होइन सोध्ने सम्माननीय प्रधानमन्त्रीलाई सोध्न अपील गर्न चाहन्छु।’