|  

इजरायललाई ठूलो झट्का, हिजबुल्लाहको आक्रमणमा मारिए लेफ्टिनेन्ट कर्नेल

५ असार, काठमाडौं । दक्षिणी लेबनानमा हिजबुल्लाहको एक आक्रमणमा ट्यांक बटालियन कमान्डरसहित चारजना इजरायली सैनिकको मृत्यु भएको छ ।

इजरायली सेनाले (आईडीएफ)उक्त कुराको पुष्टि गरेको छ। मृत्यु भएकामा एकजना उच्च सैन्य अधिकारी लेफ्टिनेन्ट कर्नेल डोर गेडालिया बेन सिम्होन पनि छन्।उनी ३२ वर्षको उमेरमा मारिएका हुन् ।

इजरायलको ४०१ औं आर्मर्ड ब्रिगेडको ५२ औं बटालियनका कमान्डरका रुपमाा कार्यरत उनी मारिएपछि इजरायललाई ठूलो झट्का लागेको छ । यो घटना शुक्रबार दक्षिणी लेबनानको कफर तेबनित गाउँमा भएको हो

 प्रारम्भिक जानकारीअनुसार बटालियन कमान्डरको ट्यांकलाई शंकास्पद ड्रोन वा एन्टी–ट्यांक मिसाइलले निशाना बनाएको थियो।आक्रमणमा ट्यांकमा सवार चारैजना सैनिकको मृत्यु भएको छ।