०५ असार,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पहिलो महाधिवेशनलाई विशेष बनाउन प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूलाई शुभकामना मन्तव्यका लागि औपचारिक निमन्त्रणा पठाएको छ।
पार्टी सभापति रवि लामिछाने को तर्फबाट पठाइएको निमन्त्रणापत्र महामन्त्री कबिन्द्र बुर्लाकोटीले विभिन्न दलका नेतृत्वलाई उपलब्ध गराएका हुन्। रास्वपाको निमन्त्रणापछि प्रमुख दलहरूले आफ्नो सहभागिताबारे आन्तरिक छलफल सुरु गरेका छन्। नेपाली कांग्रेस का सभापति गगन थापा महाधिवेशनमा सहभागी हुने वा नहुने विषयमा अझै अन्तिम निर्णयमा पुगेका छैनन्। सभापति थापाको सचिवालयका अनुसार यसबारे छलफल जारी छ।
यता नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली भने महाधिवेशनमा उपस्थित नहुने निश्चित भएको छ। ओलीकी स्वकीय सचिव निरु पाल ले अध्यक्ष सहभागी नहुने जानकारी दिँदै अन्य प्रतिनिधि पठाउने विषयमा भने निर्णय हुन बाँकी रहेको बताइन्। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ले भने स्वास्थ्य अवस्था अनुकूल रहे महाधिवेशनमा स्वयं उपस्थित हुने इच्छा व्यक्त गरेका छन्। पार्टी नेता देवेन्द्र पौडेल का अनुसार प्रचण्डको सहभागिता स्वास्थ्य अवस्थामाथि निर्भर रहनेछ।
त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी का अध्यक्ष राजेन्द्र लिङ्देन भने रास्वपाको महाधिवेशनमा शुभकामना दिन सहभागी हुने कार्यक्रम तय भइसकेको छ। राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठ ले अध्यक्ष लिङ्देनको उपस्थितिको पुष्टि गरेका छन्। रास्वपाको पहिलो महाधिवेशनलाई पार्टीले संगठन विस्तार, भावी रणनीति र राष्ट्रिय राजनीतिमा आफ्नो भूमिका थप स्पष्ट पार्ने महत्वपूर्ण अवसरका रूपमा लिएको छ। प्रमुख दलका नेताहरूको सहभागिताले महाधिवेशनलाई थप राजनीतिक महत्व दिने अपेक्षा गरिएको छ।
Get smarter responses, upload files and images, and more.
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar