|  

नेपाल वैदेशिक ऋण लिनुपर्ने बाध्यात्मक अवस्थामा छः अर्थमन्त्री वाग्ले

०५ असार,काठमाडाैं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाललाई वैदेशिक ऋण लिनु बाध्यता भएको बताएका छन् ।

शुक्रवार प्रतिनिधि सभा बैठकमा सांसदहरुले राष्ट्र ऋण उठाउने विधेयक, २०८३ माथिको छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो स्पष्टिकरण दिएका हुन्। अर्थमन्त्री वाग्लेले नेपालले तिर्दै जाने गरी लगानी गरेकाले ऋण लिने कुराले जहाज नै डुब्छ भने जसरी विरोध गर्न आवश्यक नभएको पनि जिकिर पनि गरे। उनले उत्पादनमूलक क्षेत्रमा लगानी गरेकाले लिइएको ऋणबाट नआत्तिन पनि सांसदहरुलाई आग्रह गरेका छन् ।मन्त्री वाग्लेले भने,‘ऋण लिँदैमा जहाजनै डुब्ने, आकाश नै खस्ने होइन । माननीयजीहरुबाट नै आईसक्यो । ऋण लिनु खराव होइन, ऋण लिनुपर्दछ । हाम्रो त बाध्यात्मक अवस्था नै छ । कहाँ सदुपयोग गरियो ? त्यो उल्लेख्य हो । त्यसमा माननीयजीहरुले ठूलो निगरानी गर्नुपर्ने हुन्छ । र, आजको दिनमा पनि रातो किताव हेर्नुभयो भने माननीयजीहरुले देख्नु हुन्छ-बढि सडक पूर्वाधार, ट्रान्टमिभशन लाईन, यस्तैयस्तैमा हो हाम्रो ऋणको लगानी । र, त्यो ऋणको सौन्दर्य के हो भने त्यौ आफै तिरिदै जाने लगानी हो । त्यसले आर्थिक वृद्धि सृजना गर्छ । त्यसले आम्दानी सृजना गर्दछ । ऋण लिएर घिउ खानाको पो भएनत । उत्पादनमूलक गतिविधिमा लगानी गर्नु हुन्छ । र, त्यो इतिहास जारी रहेको हाम्रो झन्डै झन्डै ६५ वर्ष भयो । अर्थतन्त्रको आधार र सामथ्र्य बढ्दै गयो भने वैदेशिक ऋण पनि नट ब्याड ।’

अर्थमन्त्री वाग्लेले सरकारले भ्रष्टाचार नियन्त्रण गरेर लक्ष्य अनुसार राजस्व संकलन गर्न सक्ने दावी समेत गरेका छन्।