०५ असार, काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले चलचित्र क्षेत्र केवल मनोरञ्जनको माध्यम मात्र नभई नागरिकमा जागरण, सामाजिक रूपान्तरण र राष्ट्रप्रेमको भावना जागृत गराउने प्रभावकारी संयन्त्र भएको बताएका छन् ।
शुक्रवार आयोजित एक कार्यक्रममा आफ्नो धारणा राख्दै उनले मौलिक भाषा, संस्कृति र परम्पराको जगेर्ना गर्न चलचित्र क्षेत्रको भूमिका महत्वपूर्ण हुने उल्लेख गरे । राष्ट्रपति पौडेलले नेपालको हिमाल, पहाड र तराईको प्राकृतिक सौन्दर्य एवं सामाजिक जीवनलाई विश्व मञ्चमा चिनाउन चलचित्रले सेतुको काम गर्ने बताए । बदलिँदो परिवेशअनुरूप नीतिगत तथा कानूनी सुधारको आवश्यकता औंल्याउँदै राष्ट्रपतिले चलचित्र उद्योगलाई नयाँ उचाईमा पु¥याउन सरकारले आवश्यक सुविधा र सहुलियत उपलब्ध गराउनुपर्नेमा जोड दिए । उनले नेपाली चलचित्रले देशको अर्थतन्त्रमा समेत योगदान पु¥याइरहेको उल्लेख गर्दै यस क्षेत्रलाई थप सुदृढ बनाउन सरोकारवालाहरूको ध्यान जानुपर्ने बताए । कलाकार र प्राविधिकहरूले यसै क्षेत्रमा आफ्नो भविष्य सुरक्षित र आत्मसम्मानित महशुस गर्ने वातावरण निर्माण गर्नुपर्ने उनको भनाइ थियो । उनले भने,‘चलचित्र हाम्रो साझा पहिचान निर्माणको आधार हो । प्रविधिको विकासले निर्माणदेखि वितरणसम्म सहजता ल्याए पनि यसको प्रयोग गर्दा हाम्रो मौलिक कथा, सांस्कृतिक पहिचान र सर्जकको बौद्धिक अधिकार संरक्षणमा सचेत हुन आवश्यक छ । जब हरेक नेपालीले चलचित्रको पर्दामा आफ्नो कथा र प्रतिबिम्ब देख्छन्, तब मात्र चलचित्र साँचो अर्थमा राष्ट्रिय बन्दछ ।’
नेपाली मौलिकताका सन्दर्भमा चर्चा गर्दै राष्ट्रपति पौडेलले गाउँठाउँ र कुनाकाप्चाका कथालाई सुक्ष्म ढङ्गले पर्दामा उतार्न सके नेपाली चलचित्रले अन्तर्राष्ट्रिय महोत्सव र विश्व बजारमा विशिष्ट पहिचान बनाउन सक्ने विश्वास व्यक्त गरे । यसका लागि चलचित्रकर्मीहरूलाई अध्ययन, अनुसन्धान र सिर्जनात्मक पक्षमा केन्द्रित रहन उनले सुझाव दिए । यस्तै, राष्ट्रपतिले चलचित्रको पर्दामा महिला, बालबालिका, दलित, आदिवासी जनजाति, मधेसी, अपाङ्गता भएका व्यक्ति र विभिन्न भूगोलका समुदायको प्रतिनिधित्व सम्मानजनक र यथार्थपरक हुनुपर्नेमा जोड दिए ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar