०५ असार, काठमाडाैं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नेपाल स्काउटलाई नयाँ पद्धति र प्रणालीअनुसार अगाडि बढाउन सरकारले नीतिगत तथा कानूनी पुनर्संरचनाको प्रक्रिया शुरु गरेको बताएका छन् ।
नेपाल स्काउटको स्थापना दिवसका अवसरमा शुक्रवार आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । मन्त्री पोखरेलले स्काउटलाई केवल लाइन मिलाउने वा सामान्य स्वयंसेवकका रूपमा मात्र सीमित राख्न नहुने उल्लेख गर्दै यसले विपद् व्यवस्थापन र सीमित स्रोतसाधनमा अधिकतम नतिजा निकाल्ने महत्वपूर्ण जीवनोपयोगी शिक्षा प्रदान गरिरहेको बताए । विद्यार्थीमा बढ्दो मानसिक तनाव र स्वास्थ्य समस्या न्यूनीकरणमा स्काउटिङ अभियान प्रभावकारी हुने मन्त्री पोखरेलको धारणा थियो । नेपाल स्काउटको वर्तमान साङ्गठनिक संरचनालाई आधुनिक ढङ्गले रूपान्तरण गर्न मन्त्रालयले गृहकार्य गरिरहेको जानकारी दिँदै मन्त्री पोखरेलले नयाँ कार्यसमिति गठनका लागि सरकार सकारात्मक रहेको स्पष्ट पारे । उनकाअनुसार स्काउटको कानूनी र नीतिगत सुधारका लागि कानुन मन्त्रालयसँग समेत आवश्यक परामर्श र छलफल भइरहेको छ । उनले भने,‘जतिखेर जनशक्ति र स्वयंसेवकको खाँचो पर्छ, त्यहाँ स्काउटकै उपस्थिति रहने गरेको छ। विपद्को पूर्वतयारी र व्यवस्थापनमा स्काउटले दिने तालिम जीवनभरका लागि महत्वपूर्ण पाठ हो । आजका विद्यार्थीहरूमा सानो कुरामा पनि तनाव लिने र मानसिक समस्या देखिने क्रम बढेको छ । स्काउटले दिने शारीरिक व्यायाम र मानसिक प्रशिक्षणले विद्यार्थीहरूलाई अनुशासित, स्वस्थ र तन्दुरुस्त बनाउन मद्दत पु¥याउँछ ।’
देशको नयाँ संघीय संरचना र आधुनिक आवश्यकतासँग मेल खाने गरी स्काउटलाई थप प्रभावकारी बनाइने प्रतिवद्धता व्यक्त गर्दै मन्त्री पोखरेलले स्काउटले समाजमा पु¥याएको सकारात्मक योगदानको उच्च प्रशंसा समेत गरेका छन् ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar