|  

सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश प्रतिनिधि सभाबाट स्वीकृत

०५ असार,काठमाडाैं । प्रतिनिधि सभा बैठकले ‘सम्पत्ति शुद्धीकरण निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३’ लाई सर्वसम्मत रूपमा स्वीकृत गरेको छ । 

आज बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त अध्यादेश स्वीकृतिका लागि राखेको प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको हो । यसअघि बैठकमा विपक्षी दलहरूको तर्फबाट नेकपा एमालेकी सांसद नीता घतानीले उक्त अध्यादेश अस्वीकार गरियोस् भनी प्रस्ताव राखेकी थिइन् । तर, बहुमतले उनको उक्त अस्वीकृतिको प्रस्तावलाई अस्वीकार गरिदिएको थियो । यो अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत भएसँगै अब सरकारलाई यससम्बन्धी प्रतिस्थापन विधेयक ल्याउने कानुनी बाटो खुला भएको छ।