|  

हाइटीलाई हराउँदै ब्राजिल समूह ‘सी’ को शीर्ष स्थानमा

६ असार, काठमाडौं ।  ब्राजिलले फिफा विश्वकप २०२६ मा हाइटीविरुद्ध सहज जित निकालेको छ ।

फिलाडेल्फिया स्टेडियममा शनिबार बिहान भएको खेलमा ब्राजिलले हाइटीलाई ३–० ले हराएको हो। ब्राजिलको जितमा म्याथियस कुन्हाले दुई तथा भिनिसियस जुनियरले एक गोल गरे।

पहिलो हाफमै तीन गोल गरेको ब्राजिलले खेलभरि दबाब कायम राख्यो। जितसँगै ब्राजिल २ खेलबाट ४ अंकसहित समूह ‘सी’ को शीर्ष स्थानमा पुगेको छ भने मोरक्को समान ४ अंकसहित दोस्रो स्थानमा रहेको छ।