|  

कक्षा १२ मा अंग्रेजी र लेखामा बढी अनुत्तीर्ण

६ असार, काठमाडौं ।  राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल परीक्षा सम्पन्न भएको ३९औं दिनमा सार्वजनिक गरेको छ।

गत वैशाख १४ देखि २७ गतेसम्म सञ्चालन भएको परीक्षामा नियमित र आंशिक गरी ४ लाख ९५ हजार १ सय ७० विद्यार्थी सहभागी भएका थिए । प्रकाशित नतिजाअनुसार कुल २ लाख ६८ हजार १ सय ९० विद्यार्थी उत्तीर्ण भएका छन्, जुन कुल परीक्षार्थीको ६४.३१ प्रतिशत हो ।

नियमिततर्फ ३ लाख ३२ हजार २ सय ४१ परीक्षार्थीमध्ये २ लाख ३१ हजार ७ सय ७० जना अर्थात् ६९.७५ प्रतिशत उत्तीर्ण भएका छन् भने ३०.२५ प्रतिशत विद्यार्थी ‘एनजी’ भएका छन्।

बोर्डका अनुसार सबैभन्दा बढी विद्यार्थी अनिवार्य अंग्रेजी विषयमा नन्ग्रेडेड भएका छन् भने त्यसपछि लेखा विषयमा बढी अनुत्तीर्ण भएका छन् । मौका परीक्षामा सहभागी हुन पाउने विद्यार्थीमध्ये पनि अंग्रेजी र लेखा विषयका विद्यार्थीको संख्या बढी रहेको छ।