|  

अमेरिका-इरान वार्तालाई पुनः गति दिन ट्रम्पका विशेष दूत स्विट्जरल्याण्ड प्रस्थान

६ असार, काठमाडौं ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफ अमेरिका–इरान वार्तालाई पुनः गति दिने प्रयासस्वरूप स्विट्जरल्याण्ड प्रस्थान गरेका छन् ।

यस सम्भावित वार्तामा ट्रम्पका ज्वाइँ जारेड कुश्नर पनि सहभागी हुन स्विट्जरल्याण्ड पुग्ने अपेक्षा गरिएको छ। तर वार्ता कहिलेदेखि सुरु हुने भन्ने विषय अझै स्पष्ट भएको छैन।

यसअघि गत शुक्रबारदेखि वार्ता सुरु हुने तय भए पनि लेबनानमा इजरायल र हिजबुल्लाहबीच बढेको हिंसाका कारण वार्ता स्थगित गरिएको थियो।