|  

उदयपुरमा स्कुल बस दुर्घटना हुँदा ३२ जना घाइते

६ असार, काठमाडौं । महोत्तरीबाट सुनसरीतर्फ जाँदै गरेको बा.२ ख ६४३८ नम्बरको स्कुल बस उदयपुरमा दुर्घटना हुँदा ३२ जना घाइते भएका छन्।

आज बिहान करिब ९ बजे उदयपुरगढी गाउँपालिका–७ अँधेरी क्षेत्रमा बस सडकबाट करिब २५ मिटर तल खसेको ट्राफिक प्रहरीले जनाएको छ।

दुर्घटनापछि प्रहरी र स्थानीयवासीको सहयोगमा घाइतेहरूको उद्धार गरिएको थियो। सबै घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल उदयपुर पठाइएको छ।