|  

रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने

६ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा भोलिदेखि सुरु हुने प्रथम राष्ट्रिय महाधिवेशनमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन सहभागी हुने भएका छन् ।

नेकपाले महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना दिन पुनलाई पठाउने निर्णय गरेको हो ।

रास्वपाले संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई निमन्त्रणा गरे पनि स्वास्थ्य अवस्थाका कारण उनी उपस्थित हुन नसक्ने भएपछि पुनलाई प्रतिनिधिका रूपमा पठाउन लागिएको हो।