|  

४०० किमि रेन्ज दिने इलेक्ट्रिक स्कुटर नेपाली बजारमा, कति पर्छ मूल्य ? 

६ असार, काठमाडौं ।   नेपाली विद्युतीय सवारी बजारमा उच्च रेन्ज भएको नयाँ स्कुटर भित्रिएको छ ।

चिनियाँ ब्रान्ड लुयानको नेपालस्थित आधिकारिक वितरक जिरो एमिसन राइड एनले ‘सारथी ईएस६’ नामको विद्युतीय स्कुटर बजारमा ल्याएको हो । यस स्कुटरमा सीएटीएलको ९.६ किलोवाट आवर क्षमताको लिथियम ब्याट्री जडान गरिएको छ ।

यो ब्याट्री सामान्यतया कारहरूमा प्रयोग हुने गरेको कम्पनीले जनाएको छ । एक पटक फुल चार्ज गरेपछि आइडियल अवस्थामा ४०० किलोमिटर रेन्ज दिने दाबी गरिएको छ ।स्कुटरको पिक पावर ४५०० वाट रहेको छ । यसमा हाई होल्ड एसिस्ट, डिजिटल डिस्प्ले, क्रुज कन्ट्रोल, १२ इन्चका ठुला पाङ्ग्रा, डबल डिस्क ब्रेक र कम्बाइन्ड ब्रेकिङ सिस्टम जस्ता सुविधा छन् ।

यो स्कुटरको मूल्य चार लाख २३ हजार रुपैयाँ तोकिएको छ । पठाओ, इनड्राइभ, याङ्गो जस्ता राइड(शेयरिङ चालकहरूलाई मुख्य लक्षित गर्दै ल्याइएको यस स्कुटरको औपचारिक लन्च आइतबार हुने जनाइएको छ ।