०६ असार, काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीलाई संस्थागत र वैधानिक रूपमा थप मजबुत बनाउने सबैभन्दा महत्वपूर्ण माध्यम महाधिवेशन भएको बताएका छन्।
शनिबार चितवनको भरतपुरस्थित दियालो फुडल्यान्डमा सुरु भएको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै लामिछानेले पार्टी अब महाधिवेशनको दिशामा अघि बढ्ने निर्णयमा पुगेको जानकारी दिए। उनले महाधिवेशन यसअघि नै सम्पन्न गर्ने प्रयास भए पनि पार्टी जीवनमा आएका विभिन्न राजनीतिक तथा संगठनात्मक घटनाक्रमका कारण सम्भव हुन नसकेको उल्लेख गरेका छन् । “एउटा पार्टीलाई वैधानिकतामा लैजाने सबैभन्दा ऐतिहासिक बाटो महाधिवेशन हो। यसलाई केही अघि नै गर्नुपर्ने थियो, प्रयास पनि भएको थियो,” लामिछानेले भने, “अहिले केही अनुकूल अवस्था बनेपछि हामी महाधिवेशनतर्फ जाने निर्णयमा पुगेका छौं।”
लामिछानेले रास्वपाको चार वर्षे यात्रालाई नागरिकको निरन्तर परीक्षण र निगरानीबीच अघि बढेको अनुभवका रूपमा व्याख्या गरे। उनका अनुसार आम नागरिकको खबरदारी र सुझावले नै पार्टीलाई परिपक्व बन्न मार्गदर्शन गरेको छ। “हामी सधैं सार्वजनिक परीक्षणमा रह्यौं। नागरिकको खबरदारी नै हाम्रो मार्गदर्शन बन्यो,” उनले भने। पार्टी निर्माणको सुरुदेखि नै सिक्दै र अनुभव बटुल्दै अघि बढेको उल्लेख गर्दै उनले आगामी महाधिवेशनले रास्वपालाई थप व्यवस्थित, संस्थागत र सशक्त बनाउने विश्वास व्यक्त गरे। महाधिवेशनको तयारीलाई केन्द्रमा राखेर सुरु भएको केन्द्रीय समिति बैठकमा संगठन विस्तार, आन्तरिक संरचना सुदृढीकरण तथा भावी रणनीतिबारे समेत छलफल हुने अपेक्षा गरिएको छ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar