०६ असार, काठमाडाैं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले सरकारको ‘सय दिनमा सय काम’ को लक्ष्य प्रभावकारी नभएको टिप्पणी गरेका छन् ।
शनिवार सिंहदरबारमा सम्पन्न नेपाली काँग्रेस संसदीय दल कार्यसमितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै महामन्त्री पौडेलले सरकारले तोकेका कतिपय कामहरूमा छलफलसम्म हुन नसकेको बताएका हुन् । सरकारको सय दिने कार्ययोजनाप्रति आलोचनात्मक दृष्टिकोण राख्दै उनले सय दिनमा सय काम गर्ने घोषणा गरेको भएपनि कतिपय कामबारे छलफल समेत हुन नसकेको बताए । उनले सरकारले धेरै कामको सूची बनाउनुभन्दा थोरै र निश्चित कामहरू तोकेर त्यसलाई पूर्णता दिएको भए परिणाममुखी हुने सुझाव दिए ।
नेपाली काँग्रेसले सरकारका गतिविधिहरूलाई नजिकबाट नियालिरहेको समेत उनले स्पष्ट पारे । पार्टीको आन्तरिक विषय र आगामी १५ औँ महाधिवेशनका सन्दर्भमा बोल्दै महामन्त्री पौडेलले पार्टीभित्र केही असन्तुष्टिहरू रहेको स्वीकार गरे । यस्ता असन्तुष्टिहरू पहिले पनि हुने गरेको उल्लेख गर्दै उनले अहिलेको समस्यालाई व्यवस्थापन गर्न नेतृत्वले संवाद र छलफल गरिरहेको जानकारी दिए । उनले भने,‘सरकारले सय दिनमा सय काम गर्ने घोषणा गरेको थियो, तर तीमध्ये कतिपय विषयमा त छलफल समेत भएको छैन । काम पूरा हुनु त धेरै टाढाको कुरा हो । पार्टीभित्र देखिएका विमतिहरूलाई समझदारीपूर्ण तरिकाले समाधान गर्दै हामी अगाडि बढ्छौँ । आगामी १५औँ महाधिवेशनमा सबै नेता, कार्यकर्ता र अग्रजहरूको सम्मानजनक सहभागिता हुनेछ । महाधिवेशनमा स्वस्थ प्रतिस्पर्धाका माध्यमबाट नेतृत्व चयन हुने वातावरण सुनिश्चित गरिनेछ र कोही पनि अवसरबाट वञ्चित हुने छैनन् ।’
महामन्त्री पौडेलले आगामी महाधिवेशनलाई सबैको अपनत्व महशुस हुने गरी समावेशी र उत्साहजनक रूपमा सम्पन्न गर्न पार्टी पंक्ति क्रियाशील रहेको समेत बताए ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar