०६ असार, काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संविधान र संघिय लोकतान्त्रिक गणतन्त्रको उपलब्धिको रक्षा गर्न आफूहरु प्रतिबद्ध रहेको बताएका छन् ।
शनिवार चिवतनमा बसेको रास्वपाको केन्द्रिय समिति बैठकमा उनले लोकतान्त्रिक मूल्य-मान्यताप्रति सधैं प्रतिवद्ध रहने बताएका हुन् । उनले मुलुकमा आएको परिवर्तन र उपलब्धिहरू विगतका संघर्ष तथा बलिदानकै जगमा सम्भव भएको उल्लेख गरे । संघीय लोकतान्त्रिक गणतन्त्र, संविधान र परिवर्तनका उपलब्धिहरूको सम्मानको आधारमा उभिनुमा आफूलाई गर्व लागेको उनको भनाई छ । उनले विगतका त्याग र बलिदानकै कारण आज देशलाई फराकिलो दृष्टिकोणबाट हेर्ने अवसर प्राप्त भएको उल्लेख गर्दै उनले लोकतन्त्र र यसको मूल्यमान्यताबाट आफू तथा पार्टी कहिल्यै विचलित नहुने प्रतिबद्धता व्यक्त गरे।
उनले भने,‘संघीय लोकतान्त्रिक गणतन्त्र, विभिन्न परिवर्तन, देशको संविधान, यो मुलुकलाई यहाँसम्म ल्याइ पु¥याउँदा भएका त्याग, बलिदान, संघर्षहरूको सम्मानको जगमा हामी उभिएका छौँ र हामीलाई यसमा गर्व छ । हामी गर्वका साथ यो परिवर्तनको संघारमा उभिएका छौँ र हिजोको त्याग र बलिदानीको उचाइको काँधमा उभिएको हुनाले, बस्न पाएको हुनाले नै हामी यति फराकिलो दृश्य देख्न पाइरहेका छौँ । त्यसैले म तपाईँहरूलाई प्रतिबद्धताका साथ फेरि पनि भन्न चाहन्छु कि यी मूल्य र मान्यताहरू र लोकतन्त्रप्रतिको प्रतिबद्धताबाट हामी कहिल्यै विमुख हुने छैनौँ, म कहिल्यै विमुख हुने छैन ।’
उनले पार्टीको आन्तरिक लोकतन्त्रलाई पनि मजबुद बनाउने बताए । पार्टी स्थापनाका समयमा केन्द्रिय समितिमा राख्ने मान्छे नपाएको स्मरण गर्दै उनले हाल केन्द्रिय समितिमा सबैभन्दा बढी आंकाक्षी देखिएको बताए । उनले महाधिवशेनमा स्वच्छ प्रतिस्पर्धा गर्न पनि आग्रह गरे । पार्टीमा विगतमा भएका गल्ती कमजोरीलाई सच्याउँदै अगाडी बढ्ने उनको भनाई छ ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar