|  

प्रतिनिधि शुल्कबाटै रास्वपाले जुटायो करिब २ करोड रुपैयाँ

०६ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा सहभागी हुन प्रतिनिधिहरूले बुझाएको शुल्कबाट मात्रै करिब २ करोड रुपैयाँ संकलन भएको छ।

महाधिवेशनको पूर्वसन्ध्यामा बसेको केन्द्रीय समिति बैठकमा प्रतिनिधि व्यवस्थापन उपसमिति संयोजक लिमा अधिकारी ले हालसम्म ३ हजार ९९० प्रतिनिधिले सहभागिता शुल्क बुझाइसकेको जानकारी गराएकी हुन्। रास्वपाले प्रत्येक प्रतिनिधिका लागि ५ हजार रुपैयाँ शुल्क निर्धारण गरेको छ। सोही आधारमा प्रतिनिधि शुल्कबाट मात्रै १ करोड ९९ लाख ५० हजार रुपैयाँ संकलन भएको देखिएको छ। पार्टीका प्रवक्ता मनिष झा का अनुसार प्रतिनिधिसम्बन्धी विवरण तथा शुल्क संकलनको तथ्यांक निर्वाचन आयोग मा बुझाइसकिएको छ र रुजु प्रक्रिया जारी छ।

रास्वपाको महाधिवेशन आइतबारदेखि भरतपुर, चितवनमा सुरु हुँदैछ। महाधिवेशनले नयाँ नेतृत्व चयनसँगै पार्टीको आगामी राजनीतिक दिशा तय गर्ने अपेक्षा गरिएको छ।