|  

कालिगण्डकीमा डुबेर बेपत्ता युवकको शव दुई दिनपछि फेला

०६ असार, काठमाडाैं। पाल्पाको बगनासकाली गाउँपालिका-६ मन्द्राङस्थित कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका एक युवकको शव फेला परेको छ।

बगनासकाली गाउँपालिका-६ शिखरडाँडाका २४ वर्षीय पुजन गाहाको शव शनिबार बिहान कालिगण्डकी नदी किनारको टिपुवाघाट क्षेत्रमा फेला परेको जिल्ला प्रहरीले जनाएको छ। पुजन गाहासहित १४ वर्षीय शिशिर गाहा बिहीबार बेलुका करिब ५:१५ बजे कालिगण्डकीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए। घटनापछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले खोजी अभियान सञ्चालन गरेका थिए।यसअघि शिशिर गाहाको शव शुक्रबार नै फेला परेको थियो भने पुजनको शव शनिबार बिहान भेटिएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।