०६ असार,काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले पार्टी परित्याग गरेका पूर्वमहामन्त्री धवलशमशेर राणालाई पार्टीमा फर्किन आग्रह गरेका छन् ।
पार्टीको केन्द्रिय समितिको बैठकका निर्णय सुनाउने क्रममा संचारकर्मीहरुसंग कुरागर्दै उनले पार्टी छाडेर गल्ती नगर्न आग्रह गरेका हुन् । उनले नेताहरुले पार्टी छाडेको कुरा जानकारीमा नआएको बताए । नेताहरूले पार्टी छाडेर गल्ती नगर्नेमा आफू विश्वस्त रहेको उनको भनाई छ । राप्रपाका पूर्वमहामन्त्री राणाले भने पार्टी परित्याग गरेर नयाँ पार्टी गठन गर्ने घोषणा गरिसक्नु भएको छ । अध्यक्ष लिङदेनले भने राणाको उक्त कार्यलाई जीवनकै अन्तिम गल्तीको संज्ञा दिए ।
उनले पार्टी नेतृत्वको बहस गर्ने बेला पनि नभएको बताए । महाधिवेशनको निर्धारित समय आएपछि साथीहरूसँग छलफल र परामर्श गरेर निष्कर्षमा पुग्ने उनको भनाई छ । पार्टी नेतृत्वलाई अझ प्रभावकारी, सशक्त र समयसापेक्ष बनाउने विषयमा सबैको ध्यान केन्द्रित हुने उनले बताए ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar