|  

होर्मुज बन्द गर्ने इरानको घोषणा, अमेरिकी सेना उच्च सतर्कतामा

७ असार, काठमाडौं । इरानले होर्मुज जलमार्ग पुनः बन्द गर्ने घोषणा गरेको छ ।

लेबनानमा इजरायलले जारी राखेको सैन्य आक्रमणको विरोधमा इरानले होर्मुज जलमार्ग पुनः बन्द गर्ने घोषणा गरेको हो । इरानको संयुक्त सैन्य कमान्डले शनिबार जारी गरेको विज्ञप्तिमा दक्षिणी लेबनानमा भइरहेको इजरायली आक्रमणको प्रतिक्रियास्वरूप होर्मुज जलमार्गमा जहाजहरूको आवतजावत बन्द गरिने जनाइएको छ ।

इरानको सरकारी टेलिभिजनमार्फत प्रसारित ‘खाताम–अल अम्बिया सेन्ट्रल हेडक्वार्टर’को आधिकारिक बयानमा भनिएको छ, “होर्मुज जलमार्गमा सबै प्रकारका जहाजहरूको आवतजावत बन्द गरिएको घोषणा गरिन्छ ।”

इरानले यस कदमलाई अमेरिकासँग भएको सम्झौताको उल्लंघनविरुद्ध चालिएको पहिलो कदमका रूपमा चित्रण गरेको छ । यता इरानले होर्मुज जलमार्ग बन्द गर्ने घोषणा गरेको केही समयपछि अमेरिकी सेनाले आफू यस रणनीतिक जलमार्गमा उपस्थित र उच्च सतर्क रहेको जनाएको छ ।