०७ असार, काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचिवालय सदस्य दीपक बोहराले आगामी महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिने घोषणा गरेका छन्।
सामाजिक सञ्जालमार्फत सार्वजनिक अपिल जारी गर्दै बोहराले पार्टी स्थापनादेखि नै वैकल्पिक राजनीतिको अभियानमा सक्रिय भूमिका खेलेको उल्लेख गरेका छन्। उनले विभिन्न चुनौती, आलोचना र अविश्वासका बीच पनि पार्टीको मूल उद्देश्यबाट विचलित नभएको बताएका छन्। अपिलमा उनले रास्वपाले उठाएको वैकल्पिक राजनीतिको एजेन्डा सुरुदेखि नै आलोचनाको केन्द्र बने पनि आफूहरू निरन्तर संघर्षरत रहेको उल्लेख गरेका छन्। “कसैले यसलाई क्षणिक उत्साह ठाने, कसैले असफल हुने भविष्यवाणी गरे, तर हामीले यात्रालाई रोकेनौं,” उनले भनेका छन्।
पार्टी सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध भएको दाबी गर्दै बोहराले न्यायको पक्षमा आफू अग्रसर भएर काम गरेको पनि स्मरण गरेका छन्। लामिछानेको समर्थनमा सञ्चालन गरिएको ४० लाख हस्ताक्षर संकलन अभियानको नेतृत्व गरेको उल्लेख गर्दै उनले उक्त अभियान कुनै व्यक्तिको पक्षमा नभई न्यायको पक्षमा भएको बताएका छन्। महाधिवेशन प्रतिनिधिहरूसँग समर्थन माग्दै बोहराले पार्टीलाई अझ जनउत्तरदायी, पारदर्शी र विधिसम्मत ढंगले अघि बढाउन आफूले प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्। कार्यकर्ताको आवाजलाई नीति निर्माणको तहसम्म पुर्याउने प्रतिबद्धता जनाउँदै उनले आफ्नो उम्मेदवारीलाई संघर्षशील कार्यकर्ताको प्रतिनिधित्वका रूपमा लिन आग्रह गरेका छन्। “तपाईंहरूको मत केवल एक उम्मेदवारका लागि होइन, पार्टीभित्र कार्यकर्ताको आवाजलाई बलियो बनाउने संकल्पका लागि हुनेछ,” बोहराले अपिलमा उल्लेख गरेका छन्।
रास्वपाको महाधिवेशन नजिकिँदै जाँदा विभिन्न नेताहरूले आफ्नो उम्मेदवारी घोषणा गर्ने क्रम बढिरहेको छ। बोहराको उम्मेदवारी घोषणाले पार्टीभित्रको चुनावी माहोल थप सक्रिय बनेको छ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar