०७ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एफ’ मा नेदरल्यान्ड्सले प्रभावशाली प्रदर्शन गर्दै स्विडेनलाई ५-१ गोल अन्तरले पराजित गरेको छ।
ह्युस्टन स्टेडियममा सम्पन्न खेलमा नेदरल्यान्ड्सका कोडी गाक्पो र ब्रायन ब्रोबेयले समान दुई-दुई गोल गर्दै टोलीको जितमा मुख्य भूमिका निर्वाह गरे। क्रिसेन्सियो समरभिलले थप एक गोल गरे। नेदरल्यान्ड्सले खेलको सुरुआतमै आक्रामक सुरुआत गरेको थियो। पाँचौँ मिनेटमा ब्रोबेयले गोल गर्दै टोलीलाई अग्रता दिलाए। त्यसपछि १७औँ मिनेटमा डेन्जेल डम्फ्रिसको क्रस डिफ्लेक्ट हुँदै आएको बललाई सदुपयोग गर्दै ब्रोबेयले व्यक्तिगत दोस्रो तथा टोलीका लागि दोस्रो गोल गरे। दोस्रो हाफ सुरु भएको दुई मिनेटमै गाक्पोले गोल गर्दै नेदरल्यान्ड्सलाई ३-० को सहज स्थितिमा पुर्याए। ५४औँ मिनेटमा उनले अर्को गोल थप्दै स्कोर ४-० बनाए।
खेलमा पूर्ण रूपमा दबाबमा रहेको स्विडेनका लागि ५९औँ मिनेटमा वैकल्पिक खेलाडी एन्थोनी एलाङ्गाले सान्त्वना गोल फर्काए। तर त्यो गोल स्विडेनको पुनरागमनका लागि पर्याप्त बन्न सकेन। खेलको अन्त्यतिर समरभिलले अर्को गोल थपेपछि नेदरल्यान्ड्सले ५–१ को शानदार जित दर्ता गर्यो। यस जितसँगै नेदरल्यान्ड्सले चार अंक जोड्दै समूह ‘एफ’ को शीर्ष स्थानमा उक्लिएको छ भने स्विडेन दबाबमा परेको छ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar