|  

इजरायली आक्रमणमा अल जजिराका क्यामेरा म्यानसहित ६ जनाको मृ#त्यु

७ असार, काठमाडौं । गाजा क्षेत्रमा इजरायली हवाई आक्रमणमा कम्तीमा ६ जनाको मृत्यु भएको छ ।

मर्नेमा अल जजिरा समाचार संस्थाका क्यामेरा म्यान अहमद विशाह र कम्तीमा एक बालबालिका पनि छन् । अल जजिराले आफ्नो वक्तव्यमा पत्रकार अहमद विशाहको मृत्युको कडा निन्दा गर्दै यसलाई पत्रकारमाथि गरिएको जघन्य आक्रमण भनेको छ ।

संस्थाले यो घटनाले पत्रकारलाई निशाना बनाउने र सत्यको आवाज दबाउने क्रम जारी रहेको देखाएको जनाएको छ । तर इजरायली रक्षा बल (बआईडीएफ)ले विशाह पत्रकार नभई हमासको सैन्य शाखासँग आबद्ध स्नाइपर भएको दाबी गरेको छ ।

शनिबार मध्य गाजास्थित बुरेज शरणार्थी शिविर मा रहेको एक घरमा गरिएको आक्रमणमा अहमद विशाहसहित तीन जनाको मृत्यु भएको स्थानीय अस्पताल र उद्धार निकायले जनाएको छ । आईडीएफले त्यहाँ मारिएका अन्य दुई व्यक्ति पनि हमाससँग सम्बन्धित रहेको दाबी गरेको छ ।