०७ असार, काठमाडाैं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले थिति बसाउन चालिएका कुनै पनि कदमहरु विधिसम्मत र संविधानभन्दा बाहिर नहोस भन्नेकुरामा पर्याप्त ध्यान दिन सरकार र रास्वपालाई आग्रह गरेका छन् ।
चितवनको भरतपुरस्थित गेष्ट हाउस चौरमा आयोजित सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै उनले उक्त कुरा बताएका हुन् । नेता पुनले भ्रष्टाचारका अन्त्य र सुशासनको एजेण्डामा रास्वपा र आफनो पार्टीको धारणा समान रहेको उल्लेख गर्दै उक्त विषयमा सधैं साथ दिने प्रतिवद्धता पनि व्यक्त गरे । उनले विगतमा आफूहरुले पनि सुशासनको एजेण्डालाई गतिलोसँग अघि बढाएको दावी पनि गरेका छन्। उनले भने,‘सुशासनको एजेण्डामा हामीबीच समानता छ । हामीले विगतमा सरकार रहँदा र बाहिर रहँदा पनि सुशासनको एजेण्डामा सहकार्य गरेका थियौ । सुशासनको एजेण्डामा नेकपा र रास्वपाको जतिको निकट सहकार्य सायद अरुको बीचमा भएको छैन । कठिन परिस्थितिमा पनि हामीले लोकतान्त्रिक मूल्य र न्यायको पक्षमा सँगै उभिने प्रयास गरेका थियौँ । आज पनि सुशासन, पारदर्शीता र थिति बसाउने अभियानमा हाम्रो यहाँहरुलाई पूर्णसमर्थन छ । भ्रष्टाचारका अन्त्य र सुशासनको एजेण्डामा हामी सँगै थियौ, छौँ र रहनेछौँ । त्यस सन्दर्भमा एउटा सुझाव र आग्रह–थिति बसाउने चालिएको कदमहरुमा विधिसम्म र संविधान भन्दा बाहिर नहोस भन्नेकुरामा तपाईको पर्याप्त ध्यान पुग्नेछ भन्ने हाम्रो विश्वास रहेको छ ।’
नेता पुनले सुशासन, पारदर्शीता र थिति बसाउने अभियानमा रास्वपालाई पूर्ण समर्थन गर्ने पनि बताए ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar