|  

ट्रम्पको धम्कीले फेरि बढ्यो तेलको मूल्य, सेयर बजार पनि ओरालो

८ असार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सम्झौता नभए पुनः बमबारी गर्न सक्ने र होर्मुज जलडमरूमध्यलाई नियन्त्रणमा लिन सक्ने चेतावनी दिएपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको छ ।

ब्रेन्ट कच्चा तेलको मूल्य १.३५ प्रतिशतले बढेर प्रतिव्यारेल ८१.६६ डलर पुगेको छ भने अमेरिकी कच्चा तेलको मूल्य २.४ प्रतिशतले बढेर प्रतिव्यारेल ७७.६६ डलर पुगेको छ ।

ट्रम्पको अभिव्यक्तिपछि विश्व सेयर बजारमा पनि गिरावट देखिएको छ।