|  

बढ्यो सुनको मूल्य, कति पुग्यो तोलामा ? 

८ असार, काठमाडौं । साताको कारोबारको दोस्रो दिन आज (सोमबार) सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा  १ हजार ४ सय रुपैयाँले बढेको हो ।

जस अनुसार आज छापावाला सुन नेपाली बजारमा प्रतितोला २ लाख ८८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सुनसँगै आज चाँदीपनि महँगिएको छ । चाँदी ४० रुपैयाँले बढ्दै प्रतितोला ४ हजार ७३० रुपैयाँ पुगेको छ ।