|  

मधेस, बाग्मती हुँदै लुम्बिनी प्रदेशको पूर्वी भूभागसम्म पुग्यो मनसुन

८ असार, काठमाडौं । पानी पार्ने मनसुन प्रणाली देशमा फैलने क्रममा छ ।

सोमबार कोशी, मधेस, वाग्मती, गण्डकी हुँदै लुम्बिनी प्रदेशको पूर्वी भूभागसम्म मनसुन प्रवेश गरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यो वर्ष मनसुन सरदर मितिभन्दा ६ दिन ढिलो गरी यही असार ५ गते नेपाल भित्रिएको थियो ।

मनसुन हाल कमजोर अवस्थामा रहेको र देशका अन्य भूभागमा विस्तार हुन अझै केही दिन लाग्ने देखिन्छ । सामान्यतया अंग्रेजी क्यालेन्डरको जुनदेखि सेप्टेम्बरसम्मका चार महिनाको समयलाई मनसुन अवधि मानिन्छ ।