|  

 रेबिज संक्रमणबाट टेकुमा १ जनाको मृ#त्यु

८ असार, काठमाडौं । रेबिज संक्रमणबाट काठमाडौँको चन्द्रागिरि नगरपालिकामा एक जनाको मृत्यु भएको छ ।

रेबिज संक्रमणकापछि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा भर्ना भएका एक ४८ वर्षीय पुरूषको उपचारका क्रममा शनिबार मृत्यु भएको हो ।

केही हप्ताअघि कुकुरले टोकेका ती पुरुषले रेबिजविरुद्धको खोप एआरभी लगाएका थिएनन् ।

स्थानीय स्वास्थ्य संस्थामा खोप उपलब्ध नभएको र परिवारले हेलचेक्र्याइँ गर्दा ती पुरुषको ज्यान गएको चिकित्सकहरूले बताएका छन् ।