०८ असार, काठमाडौं । पासपोर्ट खरिद तथा छपाइ प्रक्रियामा अनियमितता भएको निष्कर्ष निकाल्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गर्ने प्रक्रिया अघि बढाएको छ।
अख्तियारको अनुसन्धान टोली मुद्दासम्बन्धी फाइलसहित विशेष अदालत पुगेको छ भने अदालत परिसरमा सुरक्षा व्यवस्था कडा बनाइएको छ। अख्तियारले राहदानी विभागका महानिर्देशक तिर्थराज अर्याल सहित १६ जना व्यक्ति र दुई कम्पनीलाई प्रतिवादी बनाएर मुद्दा दर्ता गर्न लागेको जनाएको छ। विशेष अदालतकी सूचना अधिकारी पार्वती हितानी का अनुसार यस प्रकरणमा १० अर्ब १३ करोड ४ लाख ६१ हजार ४७७ रुपैयाँ बिगो दाबी गरिएको छ।
मुद्दामा विभागका निर्देशकहरू सुनिल केसी, शत्रुधन शर्मा पोखरेल र रविन्द्र राजभण्डारी, लेखा अधिकृत तुलसी आचार्य, उपसचिवहरू राजाराम दाहाल, भेष प्रसाद भुर्तेल, पुस्कर नेपाल लगायतलाई प्रतिवादी बनाइएको छ। साथै अन्य कर्मचारी, आईटी तथा सहजकर्ता भूमिकामा रहेका व्यक्तिहरू समेत अभियोजनको दायरामा परेका छन्। अख्तियारले दुई कम्पनीलाई पनि प्रतिवादी बनाएको छ। प्रतिवादीमध्ये अधिकांश सरकारी कर्मचारी रहेका छन् भने मुद्दा दर्ताको औपचारिक प्रक्रिया अन्तिम चरणमा पुगेको बताइएको छ।
यसैबीच, राहदानी छपाइ प्रक्रियामा भएको भनिएको अनियमितताबारे बयान लिन अख्तियारले तत्कालीन परराष्ट्रमन्त्री आरजु राणा देउवा सँग पनि सोधपुछ गरेको थियो। तर हाल दायर हुन लागेको मुद्दामा उनलाई प्रतिवादी बनाइएको छैन।
त्यस्तै, पूर्वपरराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ सँग समेत अनुसन्धानका क्रममा बयान लिइएको थियो। अख्तियारले भने मुद्दा दायर भइसकेपछि विस्तृत अभियोगपत्र सार्वजनिक हुने जनाएको छ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar