|  

बमबारीभन्दा इरानको बन्दरगाह नाकाबन्दी बढी प्रभावकारी भएको ट्रम्पको दाबी

९ असार, काठमाडौं । अमेरिकी सेनाले इरानका समुद्री बन्दरगाहहरूमा गरेको नाकाबन्दी बमबारी भन्दा बढी प्रभावकारी प्रमाणित भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् ।

उनले ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै आवश्यक परेमा वासिङ्टन चाँडै नै यस्तो रणनीतिमा फर्कन तयार रहेको स्पष्ट पारेका छन्।

बम खसाल्नुभन्दा बन्दरगाह नाकाबन्दीले बढी प्रभाव पारेको आफ्नो बुझाइ रहेको ट्रम्पको भनाइ छ ।उनले आफूहरूले करिब १५ मिनेटमै त्यस्तो नाकाबन्दी पुनः लागू गर्न सक्ने दाबी समेत गरेका छन् ।