|  

महाधिवेशन नभएको भए कांग्रेसलाई धेरै भोट आउँथ्यो भन्नेलाई गगनको जवाफ-एमालेमा सबैले बा’बा भनेकै थिए, के भयो ?

९ असार, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले विशेष महाधिवेशन नभएको भए कांग्रेसलाई धेरै भोट आउँथ्यो भन्नेलाई एमालेको हालत हेर्न सुझाव दिएका छन् ।

उम्मेदवार नभई नेपाली कांग्रेसप्रति मतदाता आक्रोशित बनेकाले कांग्रेसले धक्का ब्यहोरेको उनको भनाइ छ।

मंगलबार झापामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै थापाले भने,‘देउमान दाइ, दिदी तपाईंहरूले चुनाव हारेको होइन । उम्मेदवारले होइन पार्टीले हारेको, टाउकोसँग आक्रोश पोखेको हो । नागरिकको आक्रोश भएको हो,हामी अझै पनि भनिरहेका छौं, कांग्रेसमा कुरा मिलेको भए ह्वारह्वारती भोट आउँथ्यो । एमालेमा नमिलेको के थियो, सबैले बा’बा भनिरहेका थिए, उनलाई आउनु पर्ने । माओवादीले त पार्टी कति मिलाएको गन्नै बिर्सेको रे, उसलाई आउनु पर्ने ।’